नियम १२
विवरण बदल्नु परेमा
(१) यस नियमावली बमोजिम प्राप्त लाइसेन्समा उल्लेखित विवरण बदल्नु परेमा लाइसेन्सवालाले अनुसूची–९ बमोजिमको ढाँचामा लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लाइसेन्सको विवरण बदल्नको निमित्त एक सय रूपैयाँ दस्तुर लाग्नेछ ।